• सोमबार, १५ भदौ २०८३
  • images

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारबाट सबै सेवा ठप्प पार्ने स्वास्थ्यकर्मीको चेतावनी

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारबाट सबै सेवा ठप्प पार्ने स्वास्थ्यकर्मीको चेतावनी

    शुक्रबार, भदौ १८ २०७८
    शुक्रबार, भदौ १८ २०७८
    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारबाट सबै सेवा ठप्प पार्ने स्वास्थ्यकर्मीको चेतावनी

    बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधारको माग राख्दै आन्दोलन गरिरहेको संघर्ष समितिले आइतबारबाट पुनः सेवा ठप्प पार्ने चेतावनी दिएको छ । आइतबारदेखि इमर्जेन्सी, कोभिड अस्पताल र पूर्व निर्धारित परीक्षा बाहेकको सेवा बहिष्कार गर्ने घोषणा गरिएको संघर्ष समितिका सह संयोजक डा. विष्णु पोखरेलले जानकारी दिनुभयो ।
    बिपीको वेथिती र अनियमितताबारे छानबिन गर्ने तर दोषीलाई कारबाही नगर्ने, आन्दोलनरत पक्षसँग पनि सहमति मात्र गर्ने तर, कार्यान्वयन गर्न चासो नदिएकाले आन्दोलन पुन सेवा ठप्प पार्ने निर्णय भएको उनले जानकारी दिनुभयो । प्रतिष्ठानको शुद्धिकरणको माग गर्दै आन्दोलन गरेको तीन महिना पुग्न लाग्दा पनि सरकारले आफूहरूको माग सम्बोधन नगरेकाले काम बहिष्कार गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । आइतबारदेखि इमर्जेन्सी, कोभिड अस्पतालको सेवा बाहेक अन्य सेवा बन्द गर्ने समितिले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार