• सोमबार, १५ भदौ २०८३
  • images

    यस्ता छन् गुन्द्रुक खानुका फाइदा

    यस्ता छन् गुन्द्रुक खानुका फाइदा

    बिहीबार , भदौ १७ २०७८
    बिहीबार , भदौ १७ २०७८
    यस्ता छन् गुन्द्रुक खानुका फाइदा


    गुन्द्रुक, कुनैबेला यो दुखको छाक टार्ने मेलो थियो । ढिडों र गुन्द्रुक भन्नसाथ अभावको बेला भोको पेट भर्ने खान्की मानिन्थ्यो । यसको अर्थ के भने, यी खान्की केवल पेट भर्नका लागि मात्र हो ।
    अहिलेको अवस्था फरक छ । त्यही ढिडों गुन्द्रुकले शहरिय पुस्तामा प्रवेश गरेको छ । अहिले ढिडों गुन्द्रुक खोजी(खोजी खाइन्छ । अवस्था कस्तो छ भने, ढिडों गुन्द्रुकको स्वाद मेट्नका लागि अब गाउँपाखा होइन, शहरका उत्कृष्ट रेष्टुरेन्ट चाहर्नुपर्ने । अर्थात ढिडो र गुन्द्रुक फरक परिकारको रुपमा ब्रान्डिङ भएको छ । तिख्खर रैथाने स्वाद खोज्नेका लागि यो खान्की सर्वोत्तम विकल्प हो ।
    अहिले पोषणयुक्त खानेकुरा खानुपर्छ भन्ने चेत बढेको छ । सन्तुलित भोजनको तालिका अनुसार खाना खाने गरिन्छ । यस्तो अवस्थामा सागलाई उसिनेर, बफ्याएर, सुकाएर तयार गरिएको गुन्द्रुक के वास्तवमै खान लायक हो रु प्रश्न स्वभाविक रुपमा उठ्छ ।
    विश्वमा नेपालको चिनारी दिने परिकार हो, गुन्द्रुक । तिब्बत, भुटान, सिक्किम, दार्जलिङमा पनि गुन्द्रुकको प्रचलन भने छ । गुन्द्रुक नेपालको ग्रामीण भेगदेखि तारे होटलसम्म प्रख्यात छ । यो विदेशीले पनि अत्यन्तै पन पराउने परिकार हो । गुन्द्रुकमा ४८ प्रतिशत कार्बोहाइडेट, ४९ प्रतिशत प्रोटिन र ३ प्रतिशत चिल्लो पदर्थ हुने गर्छ । यो छोटो समयमै तयार गर्न सकिने स्वादिष्ट परिकार होस्
    मेडिकल फाइदा
    –गुन्द्रुक नियमित सेवन गर्दा तौल घटाउनमा मद्दत पुग्छ । यसले क्यान्सको सम्भावनालाईसमेत दुर गर्ने काम गर्छ ।
    – आँखाको भिजनका लागि गुन्द्रुक अति उपयोगी मानिन्छ । यसले आँखा चिलाउने, दुख्ने, सुख्खा हुने समस्यालाई कम गर्दै लैजान्छ । गुन्द्रुकले आँखामा हुने अल्सरको सम्भावनालाई पनि कम गर्छ ।
    – ग्याष्ट्रिक र अल्सर भएका बिरामीले पनि सादा गुन्द्रुकले फाइदा पु¥याउँछ । गुन्द्रुकमा खनिज पदार्थका मात्रा प्रशस्त हुन्छ ।
    – स्मरणशक्ति कम हुनेहरुले रायोको गुन्द्रुक सेवन गर्दा राम्रो हुन्छ । किनकी यसले स्मरणशक्ति बढाउनको लागि पनि सहयोग पु¥याउँछ ।
    – अधिक कोलस्ट्रोलको समस्या छ भने पनि त्यसलाई कम गर्नका लागि रायोको गुन्द्रुक सेवन गर्न सकिन्छ । यसले कोलेस्ट्रोल घटाउनको लागि भूमिका खेल्छ ।
    – शरीरका हड्डी मजबुत बनाउनको लागि पनि गुन्द्रुक सेवन गर्दा हुनछ ।
    – गुन्द्रुक जाडो मौसममा लोकप्रिय छ । यसको मेडिकल कारण पनि छ । यसले कोल्ड लुबाट बचाउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार