• सोमबार, १५ भदौ २०८३
  • images

    निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै

    निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै

    आइतबार, असार २० २०७८
    आइतबार, असार २० २०७८
    निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सीडीओहरुको बैठक बस्दै

     काठमाडौं,२० असार । उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा निर्णय लिन  उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठक बस्दै छ। आइतबार  दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठक बस्न लागेको हो। उक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञाको समीक्षा गर्ने छ। 
    काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आइतबार मध्यरातिबाट  सकिँदैछ। पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि सकिँनै लाग्दा आज  बैठक बस्न लागेको हो।

    काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीलेआइतबार  बस्ने बैठकले यसअघि प्रतिबन्धित क्षेत्रलाई थप खुकुलो बनाउनेबारे छलफल हुने  बताउनुभयो।
    पछिल्लो पटक सार्वजनिक यातायातमा जोर विजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो। त्ययसैगरी सबैखाले पसलहरु पनि दिनभर खोल्न दिइएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार