• सोमबार, १५ भदौ २०८३
  • images

    निषेधाज्ञाबारे निर्णय गर्न, सीसीएमसी र उपत्यकाका सीडीओको बैठक बस्दै, 

    निषेधाज्ञाबारे निर्णय गर्न, सीसीएमसी र उपत्यकाका सीडीओको बैठक बस्दै, 

    मंगलबार, भदौ ८ २०७८
    मंगलबार, भदौ ८ २०७८
    निषेधाज्ञाबारे निर्णय गर्न, सीसीएमसी र उपत्यकाका सीडीओको बैठक बस्दै, 


    काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न आज सीसीएमसी र उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको बैठक बस्ने भएको छ। निषेधाज्ञाबारे निर्णय गर्न अहिले डीसीसीएमसीको बैठक बसिरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।
    डीसीसीएमसीले गरेको प्रस्तावका आधारमा निषेधाज्ञाको मोडालिटीबारे छलफल हुने उहाले जाँनकारी दिनुभयो । आज बस्ने सीसीएमसीको बैठकले पछिल्लो साताको संक्रमणदर र मृत्युदरको समीक्षा गर्ने र थप निर्णय गर्ने उहाँको भनाइ छ।
    काठमाडौं उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा विस्तारै खुकुलो बनउँदै लगिए पनि सिनेमा हल, जिमखाना, विद्यालय, मठमन्दिरलगायत सार्वजनिक स्थलमा निषेधाज्ञा कायमै छ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार