काठमाडौँ । नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वलजंग पाण्डे निर्वाचित भएका छन् । एपोनको आज सम्पन्न २७ औँ अधिवेशनबाट पाण्डे सर्वसम्मित रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै अधिवेशनले वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रूंगटा निर्वाचित गरेको छ ।
सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खैगुली, दिपक टिवटेवाल, सुदिप प्रधान र गणेश पाठक निर्वाचित भएको एपोनका नव निर्वाचित उपाध्यक्ष सन्तोष बलालले जानकारी दिनुभयो । दुई दुई बर्षमा नयाँ पदाधिकारी चयन हुने एपोनमा ६६ जना सदस्य रहेका छन् ।