• सोमबार, १५ भदौ २०८३
  • images

    ६५० एमजीको पारासिटामोल उत्पादन गर्ने निर्णय स्वागतयोग्यः औषधि उत्पादक संघ

    ६५० एमजीको पारासिटामोल उत्पादन गर्ने निर्णय स्वागतयोग्यः औषधि उत्पादक संघ

    ६५० एमजी उत्पादनले ५०० एमजीलाई विस्थापित गर्दैन

    हेल्दीखबर
    सोमबार, चैत १४ २०७८
    हेल्दीखबर
    सोमबार, चैत १४ २०७८
    ६५० एमजीको पारासिटामोल उत्पादन गर्ने निर्णय स्वागतयोग्यः औषधि उत्पादक संघ

    काठमाडौें । नेपाल औषधि उत्पादक संघ (एपोन)ले ५०० एमजीको पारासिटामोल निरन्तर उत्पादन हुने स्पष्ट पारेको छ । 
    संघले ६५० एमजी पारासिटामोल उत्पादन गर्दा ५०० एमजीलाई विस्थापित नगर्ने प्रष्ट पार्दै नेपाली बजारमा ६५० एमजी पारासिटामोल उत्पादन हुने भएपछि ५०० एमजी उत्पादन विस्थापित हुने हल्लामात्र रहेको संघले बताएको छ । 
    औषधि उत्पादक संघले विज्ञप्ती जारी गर्दै औषधि सल्लाहकार समितिको ६५० एमजी पारासिटामोल उत्पादन गर्ने निर्णय स्वागतयोग्य भएको जनाएको छ । 

    पर्याप्त अध्ययन र प्रमाण बिना पारासिटामोल ट्याबलेटको डोज बढाइएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च, नेपाल फार्मेसी संघ र नेपलिज एशोसिएसन अफ क्लिनीकल फर्मासिस्टले ६५० एमजी औषधि उत्पादन अनुमति दिएको विषयमा विरोध जनाउँदै आएका छन् । 
    संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले ६५० एमजी पारासिटामोलसँगै नेपालमा ५०० एमजीको पारासिटामोल पनि उत्पादन हुने बताउनुभयो । उहाँले  ५०० एमजी पारासिटामोलको अभाव नहुने र ६५० एमजी पनि आवश्यकता अनुसार उत्पादन हुने बताउनुभयो । 
    उहाँले पारासिटामोल ५०० एमजीलाई विस्थापित गरी ६५० एमजी मात्र उत्पादन गर्ने भन्ने भ्रमपूर्ण अभिव्यक्तिहरु देखिएकोमा त्यसमा विस्वास नगर्न आग्रह गर्नुभयो । 
    संघका उपाध्यक्ष सन्तोष बरालले ५०० एमजीको पारासिटामोल उत्पादन निरन्तर हुने भन्दै ६५० एमजीको पनि उत्पादन गर्नको लागि अनुमति प्रदान भएको बताउनुभयो । उहाँले  ५०० एमजीको औषधि पनि अभाव नहुने बताउनुभयो ।
    संघका महासचिव विप्लब अधिकारीले कोभिड महामारीमा नेपाल तथा विभिन्न राष्ट्रहरुमा चिकित्सकहरुले पारासिटामोल ६५० एमजी मात्र नभई एक हजार एमजीसम्मको डोज आवश्यकता महसुस गरेको उल्लेख गर्नुभयो । 
    गत चैत १० गते औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले नेपालमा पनि ६५० एमजीको पारासिटामोल बनाउने निर्णय गरेको थियो।

    No description available.

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार