• बिहीबार , ५ कात्तिक २०८३
  • images

    फार्मेसी परिषद्को सदस्यमा निरज बर्तौलासहित चार जना नियुक्त

    फार्मेसी परिषद्को सदस्यमा निरज बर्तौलासहित चार जना नियुक्त

    सोमबार, असोज १९ २०८३
    सोमबार, असोज १९ २०८३
    फार्मेसी परिषद्को सदस्यमा निरज बर्तौलासहित चार जना नियुक्त

    काठमाडौं, १९ असोज । नेपाल फार्मेसी परिषद्को सदस्यमा निरज बर्तौलासहित चार जना नियुक्त हुनुभएको छ।

    परिषद्को सदस्यमा बर्तौलासँगै संगिता शाक्य, विष्णु रेग्मी र रोशनी प्रजापति नियुक्त हुनुभएको हो।

    images

    नवनियुक्त सदस्यहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मेहताले नवनियुक्त सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो।

    बर्तौलाले यसअघि पनि नेपाल फार्मेसी परिषद्को सदस्यका रूपमा जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ।

    परिषद्को सदस्यका रूपमा बर्तौलाले यसअघि फार्मेसी पेशाको नियमन, औषधिको सुरक्षित तथा तर्कसंगत प्रयोग र फार्मेसी सेवाको गुणस्तर सुधारसँग सम्बन्धित विषयमा काम गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार