अब राउटेको जनसङ्ख्या १३२ मात्र
सुर्खेत, २१ साउन । लोपोन्मुख राउटे समुदायकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीया फलाटो शाही हुनुहुन्छ ।
उहाँ राउटे समुदायका मुखीया मध्येका एक प्रकाश शाहीकी आमा हुनुहो। राउटे परियोजनाका कर्मचारी लालबहादुर केसीका अनुसार उहाँ दीर्घरोगका बिरामी हुनुहुन्थ्यो ।
औषधी सेवन गरिरहनुभएको थियो,,’ केसीले भन्नुभयो,‘अहिले साउने सङ्क्रान्तिको अवसरमा अत्यधिक मदिरा सेवन पनि भएकाले बिहान २ बजेतिर मृत्यु भयो ।’
फलाटो शाहीको मृत्युपछि अब राउटे समुदायको कुल जनसङ्ख्या १३२ मा झरेको छ । गत वर्ष साउन महिनामा उनीहरूको जनसङ्ख्या १३५ थियो । हाल राउटे पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–९, खानीखोलामा बस्दै आएका छन् ।