• बिहीबार , ५ कात्तिक २०८३
  • images

    किओच बाल अस्पताललाई बजेट विनियोजन गर्ने सरकारको घोषणा

    किओच बाल अस्पताललाई बजेट विनियोजन गर्ने सरकारको घोषणा

    शनिबार, जेठ १६ २०८३
    शनिबार, जेठ १६ २०८३
    किओच बाल अस्पताललाई बजेट विनियोजन गर्ने सरकारको घोषणा

    काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत बाल स्वास्थ्य सेवाको विस्तार र सुदृढीकरणका लागि किओच बाल अस्पताललाई बजेट विनियोजन गर्ने घोषणा गरेको छ।

    संघीय संसदमा शुक्रबार बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डा. भगवान कोइरालाको नेतृत्वमा सञ्चालन भइरहेको किओच बाल अस्पताललाई विशेषज्ञ बाल स्वास्थ्य सेवा विस्तार तथा पूर्वाधार विकासका लागि आवश्यक सहयोग उपलब्ध गराइने जानकारी दिनुभयो।

    images

    सरकारले बालबालिकालाई गुणस्तरीय तथा विशिष्टीकृत उपचार सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित अस्पताललाई प्राथमिकतामा राखेको जनाएको छ। 

    किओच बाल अस्पतालले विशेषगरी बाल रोग उपचार, नवजात शिशु सेवा तथा विशेषज्ञ स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

    यस्तै, सरकारले धुलिखेल सामुदायिक अस्पताल लाई पनि स्वास्थ्य सेवा विस्तार र पूर्वाधार सुदृढीकरणका लागि बजेट सहयोग गर्ने घोषणा गरेको छ।

    यस्तै सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा लाग्दै आएको कर छुट दिने व्यवस्था गरेको छ। अर्थमन्त्री वाग्लेले उक्त कर छुटबाट प्रतिष्ठानको स्वदेशी उत्पादन क्षमता वृद्धि हुने तथा सस्तो र गुणस्तरीय आँखासम्बन्धी उपचार सामग्री उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार