• बिहीबार , ५ कात्तिक २०८३
  • images

    रिक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्तिको तयारी

    रिक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्तिको तयारी

    बिहीबार , वैशाख ३१ २०८३
    बिहीबार , वैशाख ३१ २०८३
    रिक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्तिको तयारी

    काठमाडौं, ३१ वैशाख । सरकारले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका उपकुलपति पदमा नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ।

    स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश तथा सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३ जारी भएपछि प्रतिष्ठानका उपकुलपतिसहित केही पदाधिकारी पदमुक्त भएका थिए। त्यसपछि रिक्त पदमा नयाँ नियुक्तिका लागि सरकारले प्रक्रिया सुरु गरेको हो।

    images

    उपकुलपति नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ। समितिमा राष्ट्रिय योजना आयोगका स्वास्थ्य क्षेत्र हेर्ने सदस्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकास देवकोटा सदस्यका रूपमा रहनुभएको छ ।

    मन्त्रालय स्रोतका अनुसार समितिले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सिफारिसका लागि आवश्यक मापदण्ड तयार गर्ने काम अघि बढाइसकेको छ। 

    मापदण्ड अन्तिम रूप दिएपछि सार्वजनिक सूचना जारी गरी इच्छुक व्यक्तिबाट आवेदन आह्वान गर्ने तयारी गरिएको छ।

    सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

    मन्त्रालयका अनुसार सबै प्रतिष्ठानका लागि एकीकृत मापदण्ड निर्माण गर्ने काम भइरहेको छ। उहाँले मापदण्ड तयार भएपछि समितिले सार्वजनिक सूचना प्रकाशित गर्दै उपकुलपति पदका लागि आवेदन माग गर्ने जानकारी दिनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार