• बिहीबार , ५ कात्तिक २०८३
  • images

    स्वास्थ्य मन्त्रालय प्रवक्ताको जिम्मेवारी यशोदा अर्यालाई 

    स्वास्थ्य मन्त्रालय प्रवक्ताको जिम्मेवारी यशोदा अर्यालाई 

    शुक्रबार, वैशाख ११ २०८३
    शुक्रबार, वैशाख ११ २०८३
    स्वास्थ्य मन्त्रालय प्रवक्ताको जिम्मेवारी यशोदा अर्यालाई 

    काठमाडौँ, ११ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी यशोदा अर्याललाई दिइएको छ । 
    मन्त्रालयको हालैको प्रशासनिक हेरफेरअन्तर्गत अर्याललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।

    यसअघि प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका डा प्रकाश बुढाथोकीको वीर अस्पतालमा सरुवा भएपछि अर्याललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।  प्रशासन महाशाखा प्रमुख दिवश आचार्यले अर्याललाई प्रवक्ताको जिम्मेवारी दिएको जानकारी दिनुभयो । 
    अर्याल हाल स्वास्थ्य समन्वय महाशाखा प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ । 
    यसअघि उहाँ राष्ट्रिय तालिम केन्द्रको निर्देशकको रुपमा कार्यरत हुनुहुन्थ्यो । 
     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार