• बिहीबार , ५ कात्तिक २०८३
  • images

    दर्ता नगरी स्वास्थ्य सेवा दिने संस्थालाई परिषद्ले कारबाही गर्ने

    दर्ता नगरी स्वास्थ्य सेवा दिने संस्थालाई परिषद्ले कारबाही गर्ने

    बुधबार, चैत २५ २०८२
    बुधबार, चैत २५ २०८२
    दर्ता नगरी स्वास्थ्य सेवा दिने संस्थालाई परिषद्ले कारबाही गर्ने

    काठमाडौं, २५ चैत । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले दर्ता बिना स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ। 
    परिषद्ले  सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समय अयोग्य तथा दर्ता नभएका व्यक्तिबाट स्वास्थ्य सेवा प्रदान गरिएको सम्बन्धमा गुनासो तथा उजुरी बढ्दै गएको जनाएको छ।

    परिषद्का अनुसार नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ अनुसार स्वास्थ्य व्यवसाय सञ्चालन गर्नका लागि परिषद्मा नाम दर्ता अनिवार्य गरिएको छ। 
    दर्ता बिना स्वास्थ्यसम्बन्धी कुनै पनि सेवा, उपचार, परीक्षण वा सल्लाह दिनु गैरकानुनी हुने सूचनामा उल्लेख छ।

    images

    सूचनामा भनिएको छ, "दर्ता नभएका व्यक्तिहरूले अस्पताल, क्लिनिक, प्रयोगशाला, डायग्नोस्टिक सेन्टर लगायत स्वास्थ्य संस्थामा काम गरिरहेको पाइएमा त्यस्ता व्यक्ति र संस्थामाथि कानुन बमोजिम कारबाही गरिनेछ।"
     परिषद्ले यस्ता गतिविधिमा संलग्न नहुन सम्बन्धित सबैलाई सचेत गराएको छ।

    यसैगरी, परिषद्मा दर्ता भइसकेका स्वास्थ्य व्यवसायीहरूले पनि आचारसंहिता पालना गरेर मात्र सेवा प्रदान गर्नुपर्नेमा जोड दिइएको छ। कुनै पनि किसिमको लापरबाही वा अनियमितता पाइएमा त्यसविरुद्ध पनि आवश्यक कारबाही गरिने परिषद्ले जनाएको छ।

    परिषद्ले सर्वसाधारणलाई पनि स्वास्थ्य सेवा लिँदा सम्बन्धित व्यक्तिको परिषद्मा दर्ता भएको सुनिश्चित गर्न अनुरोध गरेको छ। 

    यसकासाथै, गैरकानुनी रूपमा स्वास्थ्य सेवा दिइएको जानकारी वा उजुरी भएमा परिषद्मा जानकारी गराउन आग्रह गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार