• सोमबार, १५ भदौ २०८३
  • images

    ओखलढुंगाको खिजिदेम्बामा लडेर वृद्धाको मृत्यु 

    ओखलढुंगाको खिजिदेम्बामा लडेर वृद्धाको मृत्यु 

    बिहीबार , चैत १२ २०८२
    बिहीबार , चैत १२ २०८२
    ओखलढुंगाको खिजिदेम्बामा लडेर वृद्धाको मृत्यु 

    ओखलढुंगा, १२ चैत । ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकामा एक वृद्धा महिलाको लडेर मृत्यु भएको छ। 

    मृत्यु हुनेमा खिजिदेम्बा गाउँपालिका–५, खिजीफलाटे पैरे निवासी अन्दाजी ७० वर्षीया पदम माया सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

    प्राप्त जानकारीअनुसार बिहीबार दिउँसो करिब २ बजेको समयमा खिजिदेम्बा गाउँपालिका–५ स्थित खिजीफलाटे बसपार्क क्षेत्रमा ती वृद्धा लडेर गम्भीर घाइते भई बेहोस अवस्थामा रहेको स्थानीयवासीले देखेका थिए। त्यसपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए।

    सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिजीफलाटेबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीको टोलीले घटनास्थलमा पुगेर बेहोस अवस्थामा रहेकी वृद्धा सुनुवारको तत्काल उद्धार गरी उपचारका लागि खिजिदेम्बा आधारभूत अस्पताल, खिजीफलाटे पठाएको थियो।

    तर, अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै बृद्धाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए।

    प्रहरीका अनुसार मृतकको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको छ। प्रारम्भिक अनुसन्धानमा लडेर चोट लागेका कारण मृत्यु भएको अनुमान गरिएको भए पनि घटनाको यथार्थ कारण खुल्न बाँकी रहेको छ।

    जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै, घटनाको प्रकृति र कारणबारे स्पष्ट जानकारी पोस्टमार्टम रिपोर्टपछि मात्र आउने प्रहरीले बताएको छ।

    स्थानीयवासीले भने उक्त क्षेत्रमा सुरक्षा व्यवस्थापन तथा सार्वजनिक स्थलको अवस्थाबारे समेत ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार