• सोमबार, १५ भदौ २०८३
  • images

    स्पार्क हेल्थ होम अस्पताल ३४ वर्षमा प्रवेश

    स्पार्क हेल्थ होम अस्पताल ३४ वर्षमा प्रवेश

    निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना

    मंगलबार, फागुन १२ २०८२
    मंगलबार, फागुन १२ २०८२
    स्पार्क हेल्थ होम अस्पताल ३४ वर्षमा प्रवेश

    काठमाडौँ, १२ फागुन । कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालले ३४ औं वार्षिकोत्सव मनाएको छ । 
    ३४ वर्षगाँठको अवसरमा अस्पतालले रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 
    ३४ वर्ष अघि फागुन ११ गतेका दिन प्राकृतिक चिकित्साको उपचार गर्ने उद्देश्यले स्पार्क हेल्थ होम अस्पतालको स्थापना भएको थियो ।
    अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालले अस्पतालमा दैनिक दुईसय जना बिरामी ओपिडीमा आउने गरेको जानकारी दिदै  ती मध्ये दैनिक ३० जना बिरामीहरु अस्पताल भर्ना हुने गरेको बताउनुभयो । 
    अस्पतालका प्रवन्ध निर्देशक रिजालले ३४ वर्ष पहिले योगा गराउने उद्धेस्यले सानो एउटा कोठाबाट अस्पतालले सेवा सुरु गरेको जानकारी दिनुभयो ।

    अस्पतालका निर्देशक रुपेश अधिकारीले पछिल्लो समय बिरामीहरुमा प्राकृतिक चिकित्साप्रति आकर्षण बढीरहेको जानकारी दिनुभयो । उहाँले एलोपेथिक उपचारमा ठिक नभएका बिरामीहरुका लागि प्राकृतिक उपचार वरदान सावित हुने गरेको बताउनुभयो । 
    अस्पतालका निर्देशक अधिकारीले रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेको जानकारी दिदै १५० जनाले निःशुल्क स्वास्थ्य शिविर मार्फत स्वास्थ्य परीक्षण गरेको बताउनुभयो । 
    उहाँले प्राकृतिक चिकित्साबाट उपचार गर्दा ९५ प्रतिशत बिरामी ठिक हुने गरेको जानकारी दिनुभयो । अस्पतालले शल्यक्रिया गर्नुपर्ने खालका बिरामीलाई भने रिफर गर्ने गरेको छ ।
    उहाँले अस्पतालले हाडजोर्नीको समस्या, नशा च्यापिएको, प्यारालाइसिस, हड्डी खिइएको, डिस्क प्रोल्याप्स, बाथ, यूरिक एसिड लगायतका उपचार हानीरहित विभिन्न थेरापीबाट उपचार गर्ने गरेको छ । निर्देशक अधिकारीले मसाज तथा अन्य प्राकृतिक विधिमार्फत गर्ने गरिएको बताउनुभयो । 
    उहाँले अस्पतालले प्यारालाइसिस, हड्डी खिइएको, नसा च्यापिएको समस्या भएका बिरामीको लागि उपचार गरिरहेको बताउनुभयो । 
     उहाँले स्पार्क अस्पताल प्राकृतिक चिकित्साको पुरानो अस्पताल भएको तथा गुणस्तरीय सेवाका कारण बिरामीले विश्वास गरेको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार