काठमाडौँ, ११ फागुन । ३२ वर्ष अगाडी एउटा कोठाबाट योगा सिकाउने भन्दै स्थापना भएको स्पार्क हेल्थ होम अस्पताल ३२ औं वर्षमा प्रवेश गरेको छ ।
प्राकृतिक चिकित्सा सम्बन्धि उपचार गर्दै आएको अस्पतालले ३२ वर्ष पार गर्दा अहिले दैनिक १५० जना बिरामी ओपिडीमा आउने गरेका छन् ।
अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालले अस्पतालमा दैनिक १५० जना बिरामी ओपिडीमा आउने गरेको जानकारी दिदै दैनिक २० जना बिरामीहरु भर्ना हुने गरेको बताए । अस्पतालका निर्देशक रुपेश अधिकारीले प्राकृतिक चिकित्साप्रति बिरामीको आकर्षण बढ्दो रहेको बताए । उनले प्राकृतिक उपचारमा मानिसको विश्वास र भरोसा बढेको भन्दै एलोपेथिक उपचारमा ठिक नभएका बिरामीहरु प्राकृतिक उपचारका लागि आउने गरेको बताए ।
उनीहरु पूर्ण रुपमा ठिक भएर डिस्चार्ज हुने गरेको उनको भनाई छ ।
अस्पतालमा हाडजोर्नीको समस्या, नशा च्यापिएको, प्यारालाइसिस, हड्डी खिइएकोे, डिस्क प्रोल्याप्स, बाथ, यूरिक एसिड लगायतका उपचार हानीरहित विभिन्न थेरापी, मसाज तथा अन्य प्राकृतिक विधिमार्फत गर्ने गरिन्छ ।
अस्पतालले वार्षिकोत्सवको अवसरमा हाडजोर्नी तथा नशा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
उनले गुणस्तरीय सेवाका कारण बिरामीको विश्वास जित्न सफल भएको दाबी गरे ।