• सोमबार, १५ भदौ २०८३
  • images

    स्पार्क अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट २७५ जना बिरामी लाभान्वित

    स्पार्क अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट २७५ जना बिरामी लाभान्वित

    औषधि निःशुल्क वितरण

    हेल्दीखबर
    शनिबार, चैत २६ २०७८
    हेल्दीखबर
    शनिबार, चैत २६ २०७८
    स्पार्क अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट २७५ जना बिरामी लाभान्वित


    काठमाडौं । कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा २७५ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । 
    स्पार्क हेल्थ होम अस्पतालले  सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य सेवा लिन चाहने बिरामीहरुका  लागि हाडजोर्नी, नशा, सुगर रोग, मुख तथा दन्त उपचार, लगायतका सेवा निःशुल्क स्वास्थ्य शिविर मार्फत प्रदान गरेको थियो ।

    No description available. 
    स्पार्क हेल्थ होम अस्पतालका निर्देशक रुपेश अधिकारीले निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सद्धारा सिफारिस गरिएका अल्ट्रा साउन्ड, सुगर परीक्षण तथा प्याथोलोजी सेवा प्रदान गरेको जानकारी दिनुभयो । निर्देशक अधिकारीले चिकित्सकले प्रेस्किप्सन गरेका औषधि समेत निशुल्क प्रदान गरिएको जानकारी दिनुभयो । 

    No description available.
    निःशुल्क स्वास्थ्य शिविरलाई नेपाल मानव आधिकार संगठन काठमाडौं महानगरपालिका वडा नं १३ ले संयोजन गरेको थियो भने स्पार्क पोलिक्लिनि र स्पार्क हेल्थ होम अस्पतालले आयोजना गरेको थियो। अस्पतालका निर्देशक अधिकारीका अनुसार स्वास्थ्य शिविरमा सामान्य चिकित्सा तर्फ डा प्रकाश श्रेष्ठको नेतृत्वमा ११० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए । यस्तै  हाडजोर्नी, नशा तथा फिजियोथेरापी तर्फ डा अनिलकुमार महतोको नेतृत्वमा ८५ जनाले स्वास्थ्य सेवा लिए भने डा प्रतिमा धमलाको नेतृत्वमा ८० जनाले दाँत तथा मुखको परीक्षण गराएका थिए ।  

    No description available.

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार