छालारोग विभागका दुई चिकित्सकद्वारा एकसाथ राजिनामा
काठमाडौं, १ फागुन। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको चर्म रोग (डर्माटोलोजी) विभागकी प्रमुख प्राडा. अनुपमा कार्कीले राजिनामा दिनुभएको छ।
उहाँसंगै विभागीय पूर्व प्रमुख डा. लैला लामाले पनि राजीनामा दिनुभएको छ ।
अस्पतालकी कन्सल्ट्यान्ट १० औं तह प्रा.डा. कार्की र १० औं तहकै डा. लैला लामाले एकै दिन राजीनामा दिनुभएको हो ।
उहाँहरु दुवै जनाले १५ माघबाट लागु हुने गरी राजीनामा दिनुभएको हो ।
राजीनामा अघि डा. अनुपमा न्याम्सको कार्यकारी परिषद् सदस्य हुनुहुन्थ्यो भने डा. लैला डर्माटोलोजी विभागकी प्रमुख हुनुहुन्थ्यो ।
२५ वर्षअघि इन्टर्नका रुपमा वीर अस्पतालमा सेवा सुरु गर्नुभएकी डा. अनुपमाले लामो समय विर अस्पतालमा बिताउनुभएको थियो ।
उहाँले न्याम्सबाटै डर्माटोलोजीमा एमडी गर्नुभएको हो ।
उहाँले परिवार समय दिनका लागि चिकित्सा पेशा बाट राजीनामा दिएको प्रष्ट पार्नुभयो।
यस्तै, डा. लैला २२ वर्षदेखि वीर अस्पतालमा सेवारत हुनुहुन्थ्यो । उहाँलेअत्तरखेलस्थित नेपाल मेडिकल कलेजबाट एमबीबीएस गर्नुभएको हो।