काठमाडौँ, १४ माघ । नेपाल मेडिकल काउन्सिललको आज सम्पन्न ७४ औँ नाम दर्ता (लाइसेन्स) परीक्षामा ६१ प्रतिशत चिकित्सक फेल भएका छन् ।
पास हुने चिकित्सकमा ३९.४५ प्रतिशत छन् ।
पुल्चोकस्थित नेपाल इन्जिनियररिङ अध्ययन् संस्थान परीक्षा केन्द्रमा कम्प्युटर विधिबाट मंगलबार र बुधबार लिइएको परीक्षामा सहभागी ९४३ जनामध्ये ३७२ जना मात्रै उत्तीर्ण भएका हुन् ।
काउन्सिलका प्रवक्ता तथा रजिष्ट्रार डा. सतिशकुमार देवले लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएस गरी ९६७ जनाले फारम भरेको जानकारी दिनुभयो ।
परीक्षामा २४ जना अनुपस्थित रहेका थिए ।
यसपटक मेडिकल (एमबीबीएस तर्फ) कुल ७९३ जनाले फारम भरेकामा ७७५ जना सहभागी थिए त्यसमध्ये ३०० जना (३८.७१ प्रतिशत) मात्रै उत्तीर्ण भए ।
यस्तै डेन्टल तर्फ (बीडीएस)मा कुल १७४ जनाले फारम भरेकामा परीक्षाका बेला १६८ जना मात्रै सहभागी भए । ती मध्ये ७२ जना (४२.८६ प्रतिशत) मात्रै उत्तीर्ण भएका हुन् ।