• सोमबार, १५ भदौ २०८३
  • images

    निर्वाचन आचारसंहिताः कर्मचारीले चुनावी पोस्टमा लाइक, कमेन्ट र सेयर गर्न नपाउने

    निर्वाचन आचारसंहिताः कर्मचारीले चुनावी पोस्टमा लाइक, कमेन्ट र सेयर गर्न नपाउने

    बिहीबार , माघ ८ २०८२
    बिहीबार , माघ ८ २०८२
    निर्वाचन आचारसंहिताः कर्मचारीले चुनावी पोस्टमा लाइक, कमेन्ट र सेयर गर्न नपाउने

    कास्की, ८ माघ । कास्कीमा निर्वाचन आचारसंहिता पालनमा कठाइ गर्न थालिएको छ।  

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको कास्कीका कार्यालय प्रमुखहरुको बैठकले सबै कर्मचारी, सुरक्षाकर्मी, शिक्षक,स्वास्थ्यकर्मी तथा सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सामाजिक सञ्जालमा पूर्ण रुपले आचारसंहिता पालना गराउने निर्णय गरेको छ।  

    फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी स्वरुप आचारसंहिता लागू गर्ने निर्णय भएको हो । 

    निर्वाचन आचारसंहिता २०८२ अनुसार कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, सर्वजनिक पद धारण गरेकाहरुले सामाजिक सञ्जालमा निर्वाचन सम्बन्धित पक्ष विपक्षमा आएका पोष्टलाई सेयर, लाइक र कमेन्ट गर्न पाउँदैनन्।  प्रशासनले  राजनीतिक दलका निर्वाचन सम्वद्ध कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिएको छ।  

    निर्णय अनुसार संघ, प्रदेश र स्थानीय तहका अर्ध सरकारी, सार्वजनिक संस्थामा कार्यरत कर्मचारीले कुनै पनि राजनीतिक दल, उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार नगर्ने, वैठक सभा गोष्ठीमा भाग लिन पाउने छैनन् । 
     मतदान नसकिएसम्म कास्कीमा मेला, महोत्सव लगायतका कुनै पनि सार्वजनिक कार्यक्रम सञ्चालन गर्न अनुमति नदिने भएको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार