• सोमबार, १५ भदौ २०८३
  • images

    सफल उपचारबाटै क्षयरोगको अन्त्य गर्नुपर्छः स्वास्थ्य मन्त्री 

    सफल उपचारबाटै क्षयरोगको अन्त्य गर्नुपर्छः स्वास्थ्य मन्त्री 

    बुधबार, माघ ७ २०८२
    बुधबार, माघ ७ २०८२
    सफल उपचारबाटै क्षयरोगको अन्त्य गर्नुपर्छः स्वास्थ्य मन्त्री 

    काठमाडौँ, ७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतम शर्माले सफल उपचारबाटै क्षयरोगको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । 

    स्वास्थ्य मन्त्री शर्माले समुदायका हरेक क्षयरोगीको पहिचान गर्दै सफल उपचार गर्नुपर्ने र क्षयरोगको अन्त्यको लक्ष्य प्राप्त गर्नुपर्ने बताउनुभयो । 

    राष्ट्रिय क्षयरोग केन्द्रले आयोजना गरेको राष्ट्रिय क्षयरोग कार्यक्रमको बार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री शर्माले निर्माणको अन्तिम चरणमा रहेको नयाँ राष्ट्रिय क्षयरोग रणनीति २०२६\ २७ र २०३० \ ०३१ मा प्रभावकारी रुपमा कार्यान्वयनको कार्ययोजना ल्याउनुपर्ने बताउनुभयो। 
    उहाँले उपलब्ध स्रोतसाधनको उचित प्रयोग गर्न मार्गदर्शन दिदै क्षयरोग अन्त्यको राष्ट्रिय रणनीति योजना २०२१\ २२ र  २०२५\२६ ले तय गरेका लक्ष्य प्राप्तिका लागि स्थानीय तह, प्रदेश तथा संघबिच समन्वय हुनुपर्ने बताउनुभयो ।


     राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा भुवन पौडेलले क्षयरोगको वर्तमान अवस्थाबारे जानकारी गराउनुभयो । 
    कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

     गोष्ठीले कार्यक्रम कार्यान्वयनमा देखिएका चुनौतीहरू पहिचान गरी आगामी वर्षका लागि ठोस समाधानका उपायहरू तय गर्ने उद्देश्य राखेको  छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार