• आइतबार, ८ कात्तिक २०८३
  • images

    दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा सुनिलकुमार जोशी नियुक्त

    दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा सुनिलकुमार जोशी नियुक्त

    रजिष्ट्रारमा डा खेमराज जोशी

    मंगलबार, पुस २२ २०८२
    मंगलबार, पुस २२ २०८२
    दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा सुनिलकुमार जोशी नियुक्त

    काठमाडौं, २२ पुस।  कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। 

    मंगलबार शिक्षा मन्त्रालयमा बसेको विश्वविद्यालय सभाको दोस्रो बैठकले उपकुलपति र रजिष्ट्रार नियुक्त गरेको हो।

    images

    शिक्षा मन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सभाले उपकुलपतिमा प्राडा सुनिलकुमार जोशी र रजिष्ट्रारमा डा खेमराज जोशीलाई नियुक्त गरेको हो 
    यसअघि विश्वविद्यालयको पहिलो सभाले उपकुलपति तथा रजिष्ट्रार छनोट तथा सिफारिस समिति गठन गरेको थियो। 

    सो समितिले गरेको सिफारिसका आधारमा दोस्रो सभाले उपकुलपति तथा रजिष्ट्रार नियुक्त गरेको हो।

    सिफारिस समितिले उपकुलपतिका लागि एक जना र रजिष्ट्रार लागि तीन जनाको नाम सिफारिस गरेको थियो। रजिष्ट्रार लागि सिफारिस गरिएको दुई जनाको नाम वैकल्पिक सूचीमा राखिएको छ।

    सिफारिस समितिले उपकुलपतिका लागि आवेदन नपरेपछि तेस्रो पटक सूचना जारी गरेपछि मात्रै दुई जनाको आवेदन परेको थियो। सिफारिस समितिले उपकुलपतिका लागि कात्तिक १६ गते प्रथम पटक र कात्तिक ३० गते दोस्रो पटक र मङ्सिर २३ गते तेस्रो पटक आवेदन माग गरेको थियो।
    रजिष्ट्रारमा भने पहिलो पटकमै १० जनाको आवेदन परेको थियो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार