नेपाल चिकित्सक संघको गम्भीर आपत्ति
काठमाडौं, ९ पुस । डा. किशोर खत्रीमाथि भएको दुर्व्यवहार
प्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण जनाएको छ।
संघको आजीवन सदस्य तथा केन्द्रीय कार्यकारिणी समितिका सदस्य डा. किशोर खत्रीमाथि भएको
संघले विज्ञप्ति जारी गर्दै २०८२ पौष ७ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष मान बहादुर रावतले डा. खत्रीमाथि गालीगलौज तथा दुर्व्यवहार गर्नुका साथै ज्यान लिने धम्कीसमेत दिई अपमानजनक व्यवहार गरेको उल्लेख छ ।
इमानदार तथा जिम्मेवार चिकित्सकमाथि भएको यस्तो आपराधिक र निन्दनीय कार्यको नेपाल चिकित्सक संघले घोर भत्सर्ना गरेको छ।
संघले यस्ता अमानवीय घटनाले चिकित्सकहरूको आत्मसम्मानमा गम्भीर आघात पुग्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा समेत नकारात्मक असर पार्ने जनाएको छ।
संघका महासचिव डा. सन्जिव तिवारीद्वारा जारी विज्ञप्तिमा समग्र चिकित्सक समाजलाई अपमानित गर्ने गरी घटाइएको यस प्रकारको अस्वाभाविक घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै दोषीलाई अविलम्ब कानूनको दायरामा ल्याई कडा कारवाही गर्न माग गर्नुभएको छ।
नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित सबै निकायसँग जोडदार माग गरेको छ।
