डा श्रीराम तिवारी वीर अस्पतालमा
भक्तपुर, २ पुस । ठिमीस्थित राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशक पदमा प्रमुखमा डा. भुवन पौडेलको नियुक्त हुनुभएको छ ।
पौडेलले बुधबार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा पुगेर पदवहाली गर्नुभएको छ ।
स्वास्थ्य मन्त्री डा. सुधा शर्माले गत २५ मंसिरमा मन्त्रीस्तरीय निर्णय गर्दै डा पौडेललाई क्षयरोग नियन्त्रण केन्द्रको निर्देशक पदमा नियुक्त गर्नुभएको हो ।
निर्देशक पौडेलले केहि समयअघि ११ औं तहमा नाम निकाल्नुभएको थियो ।
केन्द्रमा कार्यरत निर्देशक डा श्रीराम तिवारीलाई वीर अस्पताल पठाइएको छ ।