• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारीमा यादव

    मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारीमा यादव

    चार सदस्यीय मन्त्रिपरिषद्

    आइतबार, मंसिर २१ २०८२
    आइतबार, मंसिर २१ २०८२
    मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारीमा यादव

    जनकपुर, २१ मंसिर । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिसँगै चार सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने मुख्यमन्त्री कृष्णप्रसाद यादवले राख्नुभएको छ ।

    images

    मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम आइतबार मन्त्रालयको जिम्मेवारी तोक्दै मन्त्रिपरिषद् गठन गर्नुभएको हो।

    मुख्यमन्त्री यादवलाई स्वास्थ्य तथा जनसंख्यासहित भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था कृषि तथा सहकारी, उद्योग वाणिज्य तथा पर्यटन, शिक्षा तथा संस्कृति, ऊर्जा सिंचाइ तथा खानेपानी, खेलकुद तथा समाज कल्याण, गृह सञ्चार तथा कानून, वन तथा वातावरण, श्रम तथा यातायातसहितका मन्त्रालयको जिम्मेवारी दिइएको छ।
    प्रदेश प्रमुख कार्यालयका अनुसार मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११  मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ। 

    मन्त्रीमध्ये जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ भने नेपाली कांग्रेसका जंगीला राय र नेकपा (एस) का कनिश पटेल बिना विभागीय मन्त्री तोकिनुभएको छ। 
    प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवका अनुसार मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ र पदभार ग्रहण आइतबारकै दिन सम्पन्न भएको हो।

    उहाँले सात दल मिलेर बनेको सरकार स्थिर रहने विश्वास व्यक्त गर्नुहुँदै मन्त्रिपरिषद्ले चाँडै पूर्णता पाउने बताउनुभयो।

    पदभार ग्रहणपछि मुख्यमन्त्री यादवले सुशासन कायम गर्ने, सरकारबाट गर्न सकिने काम चाँडो अघि बढाइने प्रतिवद्धता व्यक्त गर्नुभयो। 

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार