जनकपुर,४ जेठ । मधेश प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा डा. राजिवकुमार झालाई नियुक्त गरेको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले डा. झालाई निमित्त सचिवमा नियुक्त गर्नुभएको हो।
यसअघि डा झा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशकका रुपमा कार्यरत हुनुहुन्थ्यो।
मुख्यमन्त्री यादवले ११औं तहका चिकित्सकको दरबन्दी रहेपनि त्यसलाई वेवास्ता गर्दै डा झालाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिएका हुन्।
सचिवको जिम्मेवारी पाएलगत्तै डा झाले पदवहाली गरिसक्नुभएको छ।डा. झा दशौं तहमा कार्यरत हुनुहुन्छ।