• सोमबार, १५ भदौ २०८३
  • images

    बिपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत कोइरालाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

    बिपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत कोइरालाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

    सोमबार, मंसिर १५ २०८२
    सोमबार, मंसिर १५ २०८२
    बिपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत कोइरालाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

    काठमाडौं, १५ मंसिर । छ लाख भ्रस्टाचार गरेको आरोप लाग्नुभएकी बिपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

    छ लाख घुससहित पक्राउ पर्नुभएकी  लेखा अधिकृत कोइरालालाई बिशेष अदालतले थोरै सजाय गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वाेच्च अदालतमा पुनरावेदन गरेको हो ।

    क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत कोइरालाविरुद्ध अख्तियारले आइतबार सर्वाेच्चमा पुनरावेदन गरेको छ। 


    कोइरालालाई अख्तियारले ६ लाख रुपैयाँसहित पक्राउ गरेको थियो । 

    थप एक लाख चार हजार सापटीका रुपमा औषधी सप्लायर्ससँग लिएको खुलेको थियो। 

    सो मागदाबीमा बिशेष अदालतले सफाई दिएपछि अख्तियार सर्वाेच्च गएको हो ।

     उहाँलाई विशेष अदालतले ले ६ लाखको बिगोमा  ६ लाख जरिवाना र डेढ वर्ष कैद सजाय सुनाएको छ। 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार