काठमाडौं, १ मंसिर । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालले करारमा ३२ जना स्वास्थ्यकर्मी माग गरेको छ।
सोमबार सूचना प्रकाशित गर्दै अस्पतालले छैटौं देखि दशौतहका ३२ चिकित्सक माग गरेको हो।
सूचना अनुसार एक जना अप्थाल्मोलोजी कन्सल्ट्यान्ट, नवौं तहको कार्डियोलोजी १, ग्याष्ट्रोइन्टेरियोलोजी सिनियर रजिष्ट्रार, हेपाटोलोजी, मेडिकल अन्कोलोजी, सिटिभिएस सर्जरी, रेडियोलोजी रजिस्ट्रार, फेमिली मेडिसिन एन्ड इमर्जेन्सी रजिष्ट्रार २ जना,डाइटिसियन अधिकृत १ लगायत विभिन्न तहका ३२ जना स्वास्थ्यकर्मी माग गरेको हो।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १५ दिनभित्र दरखास्त दिन भनिएको छ।
दरखास्त दस्तुर एक हजार रूपैयाँदेखि दुई हजार रूपैयाँसम्म तोकिएको छ।
हेरौं सूचना: