• सोमबार, १५ भदौ २०८३
  • images

     सुत्केरी मृत्यु प्रकरणः भरतपुर अस्पताले परिवारका सदस्यलाई रोजगारी दिने सहमति

     सुत्केरी मृत्यु प्रकरणः भरतपुर अस्पताले परिवारका सदस्यलाई रोजगारी दिने सहमति

    मंगलबार, कात्तिक २५ २०८२
    मंगलबार, कात्तिक २५ २०८२
     सुत्केरी मृत्यु प्रकरणः भरतपुर अस्पताले परिवारका  सदस्यलाई रोजगारी दिने सहमति

    भरतपुर, २५ कात्तिक । भरतपुर अस्पतालमा प्रसुती हुने क्रममा भएको मृत्यु प्रकरणमा मृतकका परिवारलाई रोजगारी दिने सहमति भएको छ। 

    चितवनको कालिका नगरपालिका २ की ३४ वर्षीया संगीता विकको कार्तिक २२ गते प्रसुती हुने क्रममा मृत्यु भएको थियो। 

    जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलमा मृतकका परिवारका एक जना सदस्यलाई अस्पतालमा सहयोगी पदमा रोजगारी दिने सहमति भएको हो। 

     मृतकको दाहसंस्कारका लागि कालिका नगरपालिका र अस्पताल प्रशासनको तर्फबाट सहयोग उपलब्ध गराउने, घटनाको निस्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीका लागि नेपाल मेडिकल काउन्सिलमा अनुरोध गरी पठाउने सहमति पत्रमा हस्ताक्षर भएको छ। 

    सहमति पत्रमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, कालिका नगरपालिका उपप्रमुख विमला तामाङ्ग, जिल्ला प्रहरी उपरिक्षक गोविन्द पुरी, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्णप्रसाद पौडेल लगायत मृतककी छोरी नविना सुनार, आमा गोमा सुनार, श्रीमान जित बहादुर सहनीले हस्ताक्षर गर्नुभएको छ। 

    भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी कालिका नगरपालिका–२ बस्ने संगीता विकको शनिबार राती मृत्यु भएको थियो । संगीताको मृत्युपश्चात आफन्तले चिकित्सकको लापरबाहीका कारण ज्यान गएको भन्दै छानबिन र कारबाहीको माग गरेका थिए । । संगीतालाई कार्तिक २० गते चेकजाँचका लागि भरतपुर अस्पताल ल्याइएको थियो । भिडियो एक्सरेमा बच्चाको धड्कन नभएको देखिएपछि चिकित्सकको सल्लाहमा उहाँलाई नर्मल डेलिभरीका लागि भर्ना गरिएको थियो । भर्नापछि उहाँलाई बेथा लगाउने औषधि चलाइएको थियो। कार्तिक २२ गते उनको अवस्था झन् बिग्रँदै गएको र रातको करिब ९ बजे आईसीयूमा सारिएकोमा ११ः४० मा मृत्यु भएको हो ।

    घटनापछि संगीताको परिवार र आफन्तले अस्पतालमा सोमबार दिउँसो नाराबाजी समेत गरेका थिए। 

    sahamati.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार