काठमाडौँ, १८ कात्तिक । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेका प्राडा आनन्द शर्माले पदबाट राजिनामा दिनुभएको छ ।
गत ५ फागुनमा तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै प्राडा शर्मासहित पाँच जनालाई सदस्य पदमा नियुक्त गर्नुभएको थियो ।
काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले राजिनामा स्विकृत भएको जानकारी दिनुभयो ।
त्रिभुवन विश्वविद्यालय बीपी नेत्र विज्ञान संस्थानमा कार्यरत प्राडा शर्माले स्वास्थ्यको कारण देखाएर राजिनामा दिनुभएको हो ।