• सोमबार, १५ भदौ २०८३
  • images

    निजी मेडिकल संचालकलाई नर्सको खबरदारी की अपमान ?

    निजी मेडिकल संचालकलाई नर्सको खबरदारी की अपमान ?

    अपमानजनक व्यवहार गरिएको भन्दै निजी  मेडिकल कलेज संचालक बाहिरिए ।

    आइतबार, कात्तिक २ २०८२
    आइतबार, कात्तिक २ २०८२
    निजी मेडिकल संचालकलाई नर्सको खबरदारी की अपमान ?
    फाइल तस्वीर

    काठमाडौं, २ कार्तिक । अत्यन्तै न्यून पारिश्रमिकमा काम गर्नु परेको भन्दै पछिल्लो समय नर्सको तलब वृद्धि लगायतका विषयमा अहिले देशब्यापी रुपमा नर्सहरु आन्दोलित छन् ।

    आज स्वास्थ्य मन्त्रालयले नर्स लगायत पक्षलाई बोलाएर वार्ताको आह्वान गरेको थियो ।
    सोही क्रममा आन्दोलनरत नर्सले वार्ता चलिरहेको समयमा प्लेकार्ड सहित खबरदारी गरेका थिए। 

    त्यसैलाइ निहुँ बनाएर निजी अस्पतालका संचालक तथा निजि मेडिकल कलेज संचालकहरु सुरक्षा नभएको र आफुहरुको अपमानित भएको भन्दै बाहिरिए ।
    आन्दोलनरत नर्सहरु भने ऊनीहरुलाइ अपमान नभइ खबरदारी गरेको बताउँछन् । उक्त वार्तामा आन्दोलन गरिरहेका पोखरास्थित मणिपाल मेडिकल कलेजका नर्सहरु पनि आएका थिए।

    स्वास्थ्य मन्त्रालयमा उपस्थित एक नर्सले भन्नुभयो,"हामी स्वास्थ्य मन्त्रालय हतियार लिएर गएका थिएनौं । ताकि निजि अस्पताल तथा मेडिकल कलेजका संचालकहरुलाइ असुरक्षा होस् ।" ऊनीहरुले नर्सको भावनालाई बुझ्न नसकेको आरोप लगाउदै कमाउन मात्रै खोजेको , नर्समाथी शोषण गरिरहेको बताउनुभयो ।

    यसैबीच आज स्वास्थ्य मन्त्रालयमा भएको औपचारिक बार्ताका क्रममा देखिएको अपमानजनक व्यवहारप्रति एशोसिएन अफ मेडिकल एन्ड डेन्टल कलेज नेपाल  र एशोसिएन अफ प्राइभेट हस्पिटल्स इन नेपाल (अफिन)ले गम्भीर आपत्ति जनाएको छ।

    संयुक्त विज्ञप्ति मार्फत् दुवै संस्थाले स्वास्थ्य मन्त्रालयको आयोजनामा कार्यदलस्तरको बार्ताका क्रममा आन्दोलनरत पक्षबाट 'माफिया' लेखिएका प्लेकार्ड देखाउने, अपमानजनक शब्द प्रयोग गर्ने र अनुचित व्यवहार प्रकट गरिएको घटना अस्वीकार्य भएको बताएका छन्।

    संस्थाहरूले भनेका छन्, 'हामी सधैं संवाद, सहकार्य र आपसी सम्मानका आधारमा समस्या समाधानमा विश्वास गर्छौं। नर्सहरूको योगदानको उच्च सम्मान गर्दै उनीहरूको जायज मागप्रति पनि हामी सकारात्मक छौं, तर यस्तो व्यवहारले बार्ताको वातावरण बिगारेको छ।'

    संयुक्त विज्ञप्तिअनुसार, यस्तो व्यवहारका कारण निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरू बार्ताको कक्षबाट बाहिरिन बाध्य भएका थिए।

    संस्थाहरूले घटनाको जिम्मेवारी राज्य पक्षकै कमजोरी र असन्तुलित व्यवस्थापनका कारण उत्पन्न भएको दाबी गर्दै भनेका छन्। 'सरकारले समयमै दिगो नीति, समान व्यवहार र स्पष्ट कार्यविधि नल्याएकै कारण यस्तो अवस्था सिर्जना भएको हो। त्यसैले सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ,' विज्ञप्तिमा भनिएको छ।

    संस्थाहरूले देशभरका निजी अस्पतालहरू निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेकाले आगामी दिनमा पनि सरकार र स्वास्थ्यकर्मीहरूसँग सहकार्यका माध्यमबाट न्यायोचित समाधान खोज्ने प्रतिबद्धता जनाएका छन्।

    तर, उनीहरूले भविष्यमा यस्ता अपमानजनक व्यवहार दोहोरिएमा आफ्नो स्वाभिमान र सदस्य संस्थाहरूको प्रतिष्ठा जोगाउन आवश्यक कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्।

    संयुक्त विज्ञप्तिमा मेडिकल कलेजहरुका तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की  र अफिनका तर्फबाट उपाध्यक्ष हरिप्रसाद रिजालले हस्ताक्षर छन्।
    हेरौं विज्ञप्ति:

    WhatsApp-Image-2025-10-19-at-17.28.27_1e5c7fdb-1760887428 (1).jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार