• सोमबार, १५ भदौ २०८३
  • images

    ओखलढुंगाका एकसय जनामा क्षयरोग सङ्क्रमण

    ओखलढुंगाका एकसय जनामा क्षयरोग सङ्क्रमण

    शुक्रबार, असोज ३१ २०८२
    शुक्रबार, असोज ३१ २०८२
    ओखलढुंगाका  एकसय जनामा क्षयरोग सङ्क्रमण

    काठमाडौँ, ३१ असोज । ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय ओलखढंगाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१ । ८२ देखि चालु आव २०८२। ८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।


    कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१र८२ मा ६५ पुरुष र ३० महिलामा क्षयरोग पाइएको थियो । चालु आवको हालसम्म तीन पुरुष र दुई महिलामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । 

    गत आवमा सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा ४० जनामा क्षयरोग सङ्क्रमण भएको पाइएको थियो ।

    चिश्खुगढी गाउँपालिकामा एक जनामा, सुनकोशी गाउँपालिकामा १५, खिजीदेम्बामा १४, मानेभञ्ज्याङमा १३, चम्पादेवीमा ६, लिखुमा चार र मोलुङ गाउँपालिकामा दुई जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी पोखरेलले बताउनुभयो । 

    चालु आव २०८२ । ८३ मा खिजीदेम्बा र चम्पादेवी गाउँपालिकाका दुई–दुई जना तथा सुनकोशी गाउँपालिकाका एक जनामा क्षयरोग सङ्क्रमण देखिएको छ ।

    नियमित रुघाखोकी लागिरहनु, खकारमा रगत आउनु, साँझपख ज्वरो आउनु, राति अत्यधिक पसिना आउनु, तौल घट्दै जानु र खाना खान मन नलाग्नु क्षयरोगका प्रमुख लक्षण हुन् ।

    स्वास्थ्य कार्यालयले यस्ता लक्षण देखिने व्यक्तिलाई तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी निःशुल्क परीक्षण र उपचार सेवा लिन आग्रह गरेको छ ।

    पछिल्लो समय कार्यालयले समुदायस्तरमा क्षयरोग नियन्त्रणका लागि निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।

    जिल्लाभर सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सचेतना र जाँच तथा उपचार सेवाको पहल गर्न स्वास्थ्य कार्यालयले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार