• आइतबार, ८ कात्तिक २०८३
  • images

    बैतडीमा क्षयरोग पत्ता लगाउने ‘जीन एक्सपर्ट’ उपकरण जडान

    बैतडीमा क्षयरोग पत्ता लगाउने ‘जीन एक्सपर्ट’ उपकरण जडान

    हेल्दीखबर
    मंगलबार, असोज २६ २०७८
    हेल्दीखबर
    मंगलबार, असोज २६ २०७८
    बैतडीमा क्षयरोग पत्ता लगाउने ‘जीन एक्सपर्ट’ उपकरण जडान

    बैतडी- जिल्लामै पहिलो पटक क्षयरोग भए नभएको पत्ता लगाउने र यस विरूद्ध प्रयोग गरिने औषधिले काम गरेको नगरेको पत्ता लगाउन सकिने उपकरण जडान गरिएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा ‘जीन एक्सपर्ट’ उपकरण जडान गरिएसँगै क्षयरोग पत्ता लगाउन बाहिर जानुपर्ने बाध्यता हटेको हो । 

    राष्ट्रिय क्षयरोग केन्द्र र धनगढीस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्राविधिकको टोलीले जिल्ला अस्पतालमा सो उपकरण जडान गरेका अस्पतालका प्रमुख डा वसन्तराज जोशीले बताए। यसअघि क्षयरोगको परीक्षणकै लागि बाहिर जानुपर्ने बाध्यता अब हटेको डा जोशीले बताए। क्षयरोग पत्ता लगाउन सङ्कलन गरिएको खकारलाई माइक्रोस्कपबाट हेर्ने गरिए पनि सबै कुरा थाहा हुदैन थियो। उनले भने, 'अब भने जीन एक्सपर्ट मेसिन जडान भएसँगै सबै कुरा थाहा हुन्छ।'

    images

    क्षयरोगका बिरामीलाई  प्रयोग गरिने रिफाम्पिसिन औषधिले काम गरे नगरेको बारेमा परीक्षण गर्न उक्त उपकरणबाट सहयोग मिल्ने जनाइएको छ। यसअघि यस्ता बिरामीलाई डडेल्धुरा तथा धनगढी पठाउनुपर्ने बाध्यता  थियो।

    जिल्ला अस्पतालमै यो सेवा सुरु भएपछि अब बिरामीलाई पनि सजिलो भएको छ। यस्ता बिरामीले खाएको औषधिले काम गरिरहे पनि छ महिना नियमित रुपमा औषधि खुवाउनुपर्ने र औषधिले काम नगरेको पाइएमा २० महिनासम्म औषधि खुवाउनुपर्ने हुन्थ्यो। रासस 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार