• आइतबार, ८ कात्तिक २०८३
  • images

     राखेपका खेलाडी र कर्मचारीको उपचार वीर अस्पतालले गर्ने

     राखेपका खेलाडी र कर्मचारीको उपचार वीर अस्पतालले गर्ने

    अस्पताल र राखेपबिच सम्झौता

    बिहीबार , असोज ३० २०८२
    बिहीबार , असोज ३० २०८२
     राखेपका खेलाडी र कर्मचारीको उपचार वीर अस्पतालले गर्ने

    काठमाडौँ,  ३० असोज ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र राष्ट्रिय खेलकुद परिषद् (राखेप)बिच सम्झौता भएको छ ।

    परिषदका खेलाडी, प्रशिक्षक र कर्मचारीको स्वास्थ्य परीक्षण गर्नका लागि राखेपले वीर अस्पतालसंग सम्झौता गरेको हो । 

    images

     सम्झौता अनुसार वीर अस्पतालले राखेपका खेलाडी, प्रशिक्षक तथा कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने छ ।

    प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले राखेपका खेलाडी, प्रशिक्षक तथा कर्मचारीहरुलाई वीर अस्पतालले स्वास्थ्य सेवा उपलब्ध गराउने जानकारी दिनुभयो । 

    सम्झौता पत्रमा  राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले हस्ताक्षर गर्नुभयो ।

    सम्झौताअनुसार प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा कर्मचारीहरूलाई, स्वास्थ्य सेवा तथा उपचारको क्रममा गुणस्तरीय र सर्वसुलभ सेवा उपलब्ध गराउने उल्लेख छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार