काठमाडौँ, २८ असोज । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार सिफारिसका लागि प्राडा जयराज अवस्थीको संयोजकत्वमा समिति गठन भएको छ ।
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयमा बसेको विश्वविद्यालयको पहिलो सभा बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।
उक्त समितिमा प्राडा दिपक महरा र प्रा डा भारती जोशी सदस्य हुनुहुन्छ ।
यस्तै बैठकले शहीद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित गरेको छ ।
मनोनित सदस्यहरुमा प्राडा हेमराज पन्त, प्राडा जयराज अवस्थी, प्राडा अमरराज जोशी, डा लवदेव अवस्थी, प्राडा संगीता राजभण्डारी, डा डम्बरबहादुर पाल र अनुराधा रोकाय हुनुहुन्छ ।