काठमाडौ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि भइरहेको आन्दोलन अन्त्य हुने संकेत देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेसंगै प्रतिष्ठानका चिकित्सकहरुको झण्डै चार महिनादेखिको आन्दोलन सम्भवत अन्त्य हुने भएको हो ।
प्रतिष्ठानका पदाधिकारी हटाउने विषयमा छानविन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।
स्वास्थ्य मन्त्री विरोध खतिवडाको अध्यक्षतामा तीन सदस्यीय समिति बनेको छ । समितिले विपी प्रतिष्ठानमा भइरहेको अनियमिता, चिकित्सकहरुको आन्दोलन तथा प्रतिष्ठानका पदाधिकारीहरु ह्टाउने विषयमा छानविन गर्नेछ ।
तीन जना सदस्य रहेको समितिको अध्यक्षता स्वास्थ्य मन्त्री विरोध खतिवडा तथा सदस्यमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा धरान उपमहानगरपालिकाका मेएर सदस्य हुनुहुन्छ ।
समितिले २१ दिन भित्र प्रतिवेदन बुझाइसक्नुपर्ने छ। प्रतिष्ठानमा भ्रष्ट्राचार, अनियमितता बढेको भन्दै त्यहाँका चिकित्सकहरु चार महिनादेखि आन्दोलनमा उत्रेका छन् ।