अछाम, १५ असोज । सर्पको टोकेर एक महिलाको निधन भएको छ।
कमलबजार नगरपालिका –३ वयाला निवासी ४२ वर्षीया निर्मला विष्टको घरनजिक सर्पले डस्दा उपचारको क्रममा निधन भएको हो ।
उहाँको उपचारको क्रममा जिल्ला अस्पतालमा निधन भएको हो ।
वडा अध्यक्ष नन्दसिंह कुँवरले खेतबाट फर्कनेक्रममा मंगलबार बेलुकी ६ बजेतिर घर पछाडितिर सर्पले टोकेकोमा उपचारको क्रममा बिष्टको मृत्यु भएको हो ।
सर्पले टोकेलगत्तै छिमेकी पञ्चदेवल नगरपालिका –४ कालिकास्थानमा रहेको कुच्ची स्वाथ्य चौकीमा उपचारपछि थप उपचारका लागि राति नै जिल्ला अस्पताल मंगलसेन ल्याइएको थियो ।
जिल्ला अस्पतालमा लगेलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।