आजै शपथग्रहण हुने
काठमाडौं, २७ भदौ । प्रधानमन्त्री पदमा सुशीला कार्कीको नियुक्ति हुनुभएको छ ।
प्रधानमन्त्री पदको शपथग्रहण आजै हुने भएको छ । उहाँको शपथ आज ९ बजे हुने भएको छ । राजनीतिक सहमति जुटेसँगै कार्की प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गर्नुका साथै आजै शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।
नेपाली राजनीतिक इतिहासमा कार्की पहिलो महिला प्रधानमन्त्री हुनुहुन्छ । जेन जी आन्दोलनकारीको प्रतिनिधित्व गर्दै उहाँ सरकारको नेतृत्व गर्दै हुनुहुन्छ ।