• सोमबार, १५ भदौ २०८३
  • images

    भोलि रातभर कर्फ्यु, दिउँसो निषेधाज्ञा 

    भोलि रातभर कर्फ्यु, दिउँसो निषेधाज्ञा 

    बिहीबार , भदौ २६ २०८२
    बिहीबार , भदौ २६ २०८२
    भोलि रातभर कर्फ्यु, दिउँसो निषेधाज्ञा 

    काठमाडौँ, २६ भदौ । नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि राति कर्फ्यू र दिनभर निषेधाज्ञा लागू हुने जानकारी दिएको छ ।

    सेनाको मुख्यालय जंग्गी अड्डाले जारी गरेको विज्ञप्ति अनुसार, भोलि भदौ २७ गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्नेछ । त्यस्तै, साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको छ ।


    बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।
    हेरौँ सूचनाः 

    1-1-1757604786.jpeg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार