• सोमबार, १५ भदौ २०८३
  • images

    निषेधाज्ञा खुलेसंगै बढ्यो संक्रमितको संख्या 

    निषेधाज्ञा खुलेसंगै बढ्यो संक्रमितको संख्या 

    हेल्दीखबर
    बुधबार, असार २३ २०७८
    हेल्दीखबर
    बुधबार, असार २३ २०७८
    निषेधाज्ञा खुलेसंगै बढ्यो संक्रमितको संख्या 


    काठमाडौं,२३ असार । सरकारले निषेधाज्ञा खुलाएपछि कोभिड–१९ संक्रमितको संख्या हत्तै बढेको छ । यहि अवस्था रहे नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाने र पुनः निषेधाज्ञा लगाउनुपर्ने स्थिति आउनसक्छ । 
     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बुधबार देशभर थप दुई हजार ९८९ जना व्यक्तिलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिनुभयो  
      स्वास्थ्य मन्त्रालयका प्रवक्ता पौडेलका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ८३५  जनाको पीसीआर र चार हजार ६३ जनाको एन्टीजेन परीक्षण गर्दा दुई हजार ९७९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कुल संक्रमितको संख्या छ लाख ९० हजार ९७४ पुगेको छ । 
     पौडेलका अनुसार पछिल्लो चौबीस घण्टामा थप एक हजार ३३९ हजार जना संक्रमित निको भएका छन् । यस्तै छ लाख ११ हजार ३२७ जना निको भएका छन् बुधबार नेपालमा थप २८ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा नौ हजार २९१ जनाको मृत्यु भएको प्रवक्ता पौडेलले जानकारी गराउनुभयो । 
     उहाँका अनुसार नौ जिल्लामा पाँचसय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।  काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, रसुवा, कास्की,झापा, सुनसरी, मोरङमा जिल्लामा पाँच भन्दा भन्दा बढी सक्रिय संक्रमित छन् । प्रवक्ता पौडेलले नेपालमा सक्रिय संक्रमित २३ हजार ७५६ जना रहेका छन् । यसअघि कोरोना अत्यधिक वृद्धि हुँदा एकलाख १७ हजारसम्म सक्रिय संक्रमित पुगेका थिए ।  यसैगरी प्रवक्ता पौडेलले काठमाडौँमा  ३९० ,भक्तपुरमा ६७ र ललितपुरमा ८६ जना गरी काठमाडौँ उपत्यकामा ५४३ जना संक्रमित थपिएको जानकारी गराउनुभयो । 
        यस्तै देशभरका अस्पतालका आइसीयूमा ५७१ र भेन्टिलेटरमा १६१ जना संक्रमित उपचाररत रहेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार