• बिहीबार , ५ कात्तिक २०८३
  • images

    खानेपानी मन्त्री प्रदीप यादवद्धारा राजिनामा, जेनजी आन्दोलनलाई समर्थन

    खानेपानी मन्त्री प्रदीप यादवद्धारा राजिनामा, जेनजी आन्दोलनलाई समर्थन

    मंगलबार, भदौ २४ २०८२
    मंगलबार, भदौ २४ २०८२
    खानेपानी मन्त्री प्रदीप यादवद्धारा राजिनामा, जेनजी आन्दोलनलाई समर्थन

    काठमाडौँ, २४ भदौ । खानेपानी मन्त्री प्रदीप यादवले राजिनामा दिनुभएको छ । 

    उहाँले सरकारको विरोध गर्दै आन्दोलनलाई समर्थन गर्दै उहाँले राजिनामा दिएको घोषणा गर्नुभएको हो । 

    images

    उहाँले सामाजिक सञ्जालमार्फत लेख्नुभएको छ,“ प्रिय युवा भाई बहिनीहरु तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ । हिजो Gen z युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार