• सोमबार, १५ भदौ २०८३
  • images

    सडक दुर्घटनामा पाँच वर्षीय बालकको मृत्यु

    सडक दुर्घटनामा पाँच वर्षीय बालकको मृत्यु

    शुक्रबार, भदौ २० २०८२
    शुक्रबार, भदौ २० २०८२
    सडक दुर्घटनामा पाँच वर्षीय बालकको मृत्यु

    मोरङ, २० भदौ  । शुक्रबार दिउँसो भएको सडक दुर्घटनामा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

    मोरङको बूढीगंगा गाउँपालिका ४, पशुपति टोलमा भएको दुर्घटनामा पाँच वर्षीय बालकको मृत्यृु भएको हो । 

    प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ गइरहेको प्र १–०२–००२ च ४६६५ नम्बरको पिकअप गाडीले सडक पार गर्दै गरेका सबहरी पौडेलका छोरा शम्भु पौडेललाई ठक्कर दिएको थियो ।

    दिउँसो करिब ४ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्‍याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    दुर्घटनामा संलग्न गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक सुनसरीको दुहबी नगरपालिका–११ का २७ वर्षीय दीपनारायण ऋषिदेवलाई पक्राउ गरिएको प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार