• शनिबार, ७ कात्तिक २०८३
  • images

    उपचारको क्रममा बिरामीको मृत्यु, डाक्टर पाण्डेय प्रहरी नियन्त्रणमा 

    उपचारको क्रममा बिरामीको मृत्यु, डाक्टर पाण्डेय प्रहरी नियन्त्रणमा 

    अस्पतालको गेटमा शव राखेर प्रदर्शन

    शुक्रबार, भदौ २० २०८२
    शुक्रबार, भदौ २० २०८२
    उपचारको क्रममा बिरामीको मृत्यु, डाक्टर पाण्डेय प्रहरी नियन्त्रणमा 

    सर्लाही, २० भदौ । उपचारको क्रममा चिकित्सकको लापरबाहीले युवकको मृत्यु भएको आरोप लगाउदै आफन्तले अस्पतालको मुल गेटमै शव राखेर प्रदर्शन गरेका छन्। 


    इलाका प्रहरी कार्यालय बरहथवाले हनुमन्त अस्पताल प्रशासन र उपचारमा संलग्न डाक्टर खुशनन्दन पाण्डेयलाई नियन्त्रणमा राखेको छ। इप्रका बरहथवाले पीडित र अस्पताल प्रशासन दुवै पक्षलाई समस्या समाधान गर्न छलफलमा जुटेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईले जानकारी दिनुभयो । 

    images

    सर्लाहीको बरहथवा नगरपालिका ७ दुधडेरि चौकका ३८ वर्षीय प्रमोद पासवानको पेटमा समस्या भएपछि उपचारका लागि बिहीबार बिहान स्थानीय हनुमन्त अस्पतालमा ल्याइएको थियो ।

    बिहीबार बिहान पासवानलाई हनुमन्त अस्पताल बरहथवामा भर्ना गरेर अस्पतालले उपचार सुरु गरेको थियो ।

     पासवानको स्वास्थ्य सुधारको साटो झन् थप समस्या देखा पर्न थालेपछि बेलुका करिब पाँच बजे अस्पतालले अन्यत्र लैजान रिफर गरेको थियो ।

    पासवान परिवारलाई अस्पतालले सात हजारको बिल थमाएको थियो ।

    दैनिक ज्यालादारीमा काम गर्ने पासवानको अचानक पेट दुखेर समस्या भएपछि परिवारले सरकारी अस्पताल बरहथवामा लगे। तर सरकारी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि आफन्तले नजिकै बरहथवामै रहेको हनुमन्त अस्पताल पुर्‍याएका थिए ।

     

    पासवानको अवस्था झन् बल्झिँदै गयो। जेनतेन गरेर परिवारले एक जना चामल व्यापारीमार्फत अस्पतालको बिल तिर्ने जिम्मा लिएपछि बिहीबार साँझ सात बजे अस्पतालबाट थप उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा अस्पतालबाट निस्केको करिब पाँच किलोमिटर नपुग्दै पासवानको ज्यान गएको हो ।

    उनका भाइ सुबोध पासवानले अस्पतालले पैसाको कारण देखाउँदै आफ्ना भाइ प्रमोदप्रति दानवीय व्यवहार देखाएको बताउनुभयो ।

     जथाभावी उपचार गरेको कारण पीडित मृतक परिवारले पासवानजो शव अस्पताल अगाडि राखेर न्याय मागेको बताएका छन्। 

    ‘पैसाको कारण देखाउँदै बिरामी भाइलाई हनुमन्त अस्पतालभित्र घेरेर पैसा नतिरुञ्जेल बिरामी लैजान नदिने अस्पताल प्रशासनले अडान लिएको कारण भाइको उपचार अभावमा मृत्यु  भएको परिवारको आरोप छ।  

    हनुमन्त अस्पतालका चिकित्सक डाक्टर पाण्डेयले अत्यधिक मात्रामा रक्सी सेवन गरेको कारण पासवानको मृत्यु भएको बताउनुभएको छ  । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार