• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    दाइजोको निहुँमा श्रीमतीलाई हिंसा गर्ने डाक्टर पक्राउ

    दाइजोको निहुँमा श्रीमतीलाई हिंसा गर्ने डाक्टर पक्राउ

    हेल्दीखबर
    बुधबार, मंसिर २८ २०७९
    हेल्दीखबर
    बुधबार, मंसिर २८ २०७९
    दाइजोको निहुँमा श्रीमतीलाई हिंसा गर्ने डाक्टर पक्राउ

     काठमाडौं, २८ मंसिर । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा डा पंकज चौधरी पक्राउ पर्नुभएको छ। 

    मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

    images

    नेहाले दिएको दाइजो विरुद्धको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको डीएसपी पोखरेलले बताउनुभयो ।

    यसअघि गत कार्तिक ४ गते नेहाले घरेलु हिंसा सम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्ता गराउनु भएको थियो । त्यस बखत पनि तीन दिन प्रहरीले पंकजलाई थुनेको थियो ।

    दाइजो विरुद्धको कसूरमा कारबाही चलाउन पंकजमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।

    तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ नेहाको परिवारले खर्च गरेका थिए ।

    बिहेको चार महिना पश्चात पंकज र नेहाबीच खटपट सुरु भएको थियो । पंकजले थप दाइजोमा काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई कुटपिट तथा यातना दिइरहेको नेहाको आरोप छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार