• सोमबार, १५ भदौ २०८३
  • images

    जाइफूलको बासना गीतकी गायिका इन्दिरा गुरुङको निधन

    जाइफूलको बासना गीतकी गायिका इन्दिरा गुरुङको निधन

    बुधबार, भदौ १८ २०८२
    बुधबार, भदौ १८ २०८२
    जाइफूलको बासना गीतकी गायिका इन्दिरा गुरुङको निधन

    काठमाडौं, १८ भदौ । वरिष्ठ  लोक गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ ।

    बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उहाँको निधन भएको हो । 


    विगत दुई वर्षदेखि क्यान्सरबाट पीडित गुरुङले हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएको थियो ।  


    कान्छी छोरीसहित उहाँ हात्तीवनको अपार्टमेन्टमा बस्दै आउनुभएको थियो ।  


    तामाङ कलाकार समाजको पूर्वअध्यक्ष समेत रहनुभएकी उहाँले तामाङ गीत–संगीतलाई विश्वभर फैलाउन भूमिका खेल्नुभएको थियो ।

     रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण भएपछि उहाँले चर्चित नेपाली लोकदोहोरी गीतहरू गाउनुभएको थियो । 

    गुरुङको जन्म सन् १९६६ अक्टोबर १९ मा ललितपुरको भर्देउमा भएको थियो। 

    उहाको स्वरका गीतहरूमा चाँगुनारायण थान, जाइफूलको बासना, घर त छाउनीमा, सफा ट्याम्पुरी, होइ ताङ्बा, गाङ ग्याब्सेलालगायत सदाबहार छन् । गोलेले तामाङ सेलो, लोकदोहोरी, आधुनिक गरी करिब ५ हजार बढी गीतमा स्वर दिइसक्नुभएको छ । 

    उहाँको उपचारका लागि तामाङ कलाकार संघ लगायतका संघसंस्थाले आर्थिक संकलन अभियान चलाइरहेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार