पर्सा, ७ भदौ । वीरगञ्जमा हैजा प्रकोपबाट दुई जनाको मृत्यु भएको छ।
अन्य १५० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ।
संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
महाशाखाका निर्देशक डा.चन्द्रभाल झाले विरगञ्जमा हैजाबाट दुईजनाको मृत्यु भएको पुष्टि गर्नुभयो । उहाँले आरडीटी रिपोर्ट अनुसार दुई जनाको मृत्यु पुष्टि गर्दै कल्चरका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षण हुने बताउनुभयो ।
आरडिटीमा जुन रिपोर्ट आयो, त्यहि रिपोर्ट लगभग कल्चरमा आउने हो, निर्देशक डा.झाले भन्नुभयो,“थप पुष्टिका लागि मात्र कल्चर गरिएको हो ।” मृतक वीरगञ्ज महानगरपालिका–१२ का ३५ वर्षीय महिला र पोखरीया नगरपालिका– १ शिवबरवाका एक पुरुष हुनुहुन्छ ।
शुक्रबार वीरगञ्ज महानगरपालिका–१२ र्मुली नयाँ टोलका बासिन्दामा हैजा संक्रमण देखिएको थियो। शनिबारसम्म वडा नम्बर १२, १३ र १६ मा हैजाको लक्षण तीव्ररुपमा देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले वीरगञ्जमा हैजा प्रकोपबाट दुई जनाको मृत्यु भएको जानकारी दिदै धेरै मानिसहरु संक्रमित हुन पुगेको बताउनुभयो । उहाँले हैजा संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।
मृतक वीरगञ्ज महानगरपालिका–१२ का ३५ वर्षीय महिला र पोखरीया नगरपालिका– १ शिवबरवाका एक पुरुष रहेका छन्। मृतकको पहिचान खुलाइएको छैन।
शुक्रबार वीरगञ्ज महानगरपालिका–१२ र्मुली नयाँ टोलका बासिन्दामा हैजा संक्रमण देखिएको थियो। शनिबारसम्म वडा नम्बर १२, १३ र १६ मा हैजाको लक्षण तीव्ररुपमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिनुभयो।
हैजाको सङ्क्रमण समुदाय स्तरमा फैलिएपछि वीरगञ्ज महानगरपालिकाले अस्पतालका प्रमुखसँग छलफल तथा समन्वय गरेर ठोस नीति बनाएर २४ वटा टिम गठन गरी तीव्ररुपमा काम भइरहेको नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो। उहाँले हैजाको लक्षण जनस्तरमा देखिएपछि आइतबार र सोमबारसम्मका लागि निजी तथा सामुदायिक विद्यालय बन्द गरिएको जानकारी दिनुभयो।