गंगालालकै चिकित्सकको दाबी,–‘राजिनामा उहाँको फण्डा हो, यसअघि पनि राजिनामा दिनुभएको थियो’
काठमाडौँ, २८ साउन । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा कार्डियोभास्कुलर विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा रामेश कोइरालाले अमेरिकाबाटै राजीनामा दिएको घोषणा गर्नुभएको छ ।
आफू हाल विदेश (अमेरिका) मा रहेको भन्दै सामाजिक सञ्जाल एक्सबाट राजीनामापत्र सार्वजनिक गर्नुभएको हो ।
बुधबार एक्समा पोस्ट गर्दै आगामी असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख गर्नुभयो ।
तर डा.कोइरालाको राजिनामाबारे गंगालालमा कार्यरत एक वरिष्ठ चिकित्सकले डा.कोइरालाको राजिनामा फण्डा मात्र रहेको दाबी गर्नुभयो ।
यस्तो राजिनामा उहाँले पहिले पनि दिनुभएको थियो, नाम उल्लेख नगर्न आग्रह गर्दै उहाँले भन्नुभयो,“पछि काममा फर्कनुभयो । अहिले पनि राजिनामा उहाँको फण्डा हो ।”
उपकुलपति नियुक्ति नभएको झोकमा उहाँले राजिनामा दिएको उहाँको दाबी छ ।
डा. कोइरालाले गंगालालमा २५ वर्षदेखि काम गर्दै आउनुभएको छ ।
‘हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु,’ कार्यकारी निर्देशकलाई सम्बोधन गरी लेखेको राजीनामा पत्रमा उल्लेख छ ।
उहाँले एक्समा राजीनामा पोस्ट गर्दै लेख्दै म तपाईंको खुच्चिङ रमाइरहेछु । एक्कासी सीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ र म सो बेला सायद सर्जन नहुँला । सरी कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम।’
कोइराला मंगलबार बिहान अमेरिका पुग्नुभएको हो । उहाँ उपकुलपति पदका प्रमुख दावेदार हुनुहुन्थ्यो ।
डा कोइरालाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि आवेदन दिनुभएको थियो । त्यसमध्ये उहाँ धरानका लागि अल्प सूचीमा समेत पर्नुभएको थियो ।
आज विहान मात्रै प्राडा कोइरालालले सामाजिक सञ्जाल फेसबुकमा पारिवारिक तस्बिर सहित ‘देश, पेशा, जीवन र भूमिका र सब अब फरक’ भनेर लेख्नुभएको थियो । केही बेर पछि उहाँले राजिनामा पत्र सार्वजनिक गर्नुभएको हो ।
डा.कोइरालाले दिएको राजिनामाः
श्रीमान् कार्यकारी निर्देशक,
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र,
बाँसबारी, काठमाडौं,
विषयः राजिनामा दिएको बारे ।
महोदय, उपरोक्त संबन्धमा आज २८ साउन, २०८२ मा म यस केन्द्रको कार्डियोभास्कुलर विभागको विभागीय प्रमुखका साथै बरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रूपमा कार्यरत रहेकामा हाल व्यक्तिगत कारणले सो पदहरूमा कार्य गर्न असमर्थ रहेकाले अनि विद्युतीय इमेलरहस्ताक्षर प्रमाणिकरण गर्न हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२देखि लागु हुनेगरी मेरो राजिनामा स्विकृत गरी संचालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु ।
सो अवधिबिच मैले उपयोग गर्दै आएको कार्यकक्षमा मेरा व्यक्तिगत सामान तथा कागजातबाहेक केन्द्रका कुनै जरुरी वा गोप्य कागजात नरहेकाले हस्तान्तरणसम्म पर्खिदिन पनि अनुरोध छ।
म यस केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति एवं श्री गगन थापा, श्री प्रदीप पौडेल, तपाईं हाम्रो र हाम्रा सुभेच्छुकहरूको सपना बमोजिम संघीय सरकारले केन्द्रको कार्डियोभास्कुलर विभागको विभागीय प्रमुखका साथै बरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रूपमा कार्यरत रहेकामा हाल व्यक्तिगत कारणले सो पदहरूमा कार्य गर्न असमर्थ रहेकाले अनि विद्युतीय इमेलर हस्ताक्षर प्रमाणिकरण गर्न हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२ देखि लागु हुनेगरी मेरो राजिनामा स्विकृत गरी संचालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु ।
सो अवधिबिच मैले उपयोग गर्दै आएको कार्यकक्षमा मेरा व्यक्तिगत सामान तथा कागजातबाहेक केन्द्रका कुनै जरुरी वा गोप्य कागजात नरहेकाले हस्तान्तरणसम्म पर्खिदिन पनि अनुरोध छ ।
म यस केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति एवं श्री गगन थापा, श्री प्रदीप पौडेल, तपाईं(हाम्रो र हाम्रा सुभेच्छुकहरूको सपना बमोजिम संघीय सरकारले यस केन्द्रलाई मुटुबाट बिस्तार गरी यसै वर्षदेखि ‘शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र’का रूपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वस्त छु र यस्ता हरेक कार्यमा म सल्लाह सुझावका छु लागि हरदम उपलब्ध हुने नै छु ।
मलाई यस केन्द्रमा बिताएको २५वर्ष एवं यहाँको सद्भावको सदा सम्झना रहने छ ।