• बिहीबार , ५ कात्तिक २०८३
  • images

    बागमती सरकारले विपन्न समुदायलाई नि:शुल्क डाक्टर, नर्स पढाउने

    बागमती सरकारले विपन्न समुदायलाई नि:शुल्क डाक्टर, नर्स पढाउने

    शुक्रबार, साउन २३ २०८२
    शुक्रबार, साउन २३ २०८२
    बागमती सरकारले विपन्न समुदायलाई नि:शुल्क डाक्टर, नर्स पढाउने

    काठमाडौं, २३ साउन । बागमती प्रदेश सरकारले  विभिन्न तीन विधामा ६ जनालाई डाक्टर र १० जनालाई नर्स अध्ययन गराउने भएको छ ।
    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले प्रदेश सरकारले नर्स , डाक्टर पढाउने पहिलो निर्णय गरेको बताउनुभयो ।


    अरुले के गरे तपाइँहरु हेर्नुहोला। मैले पहिलो निर्णय नै प्रदेशभित्र रहेका गरिब, विपन्न, सिमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरिया मध्येका छोराछोरीलाई डाक्टर पढाउँने सम्बन्धि गरेको छु।´ मुख्यमन्त्री बानियाँले भन्नुभयो।

    images

    उहाँले ती समुदायका मध्ये अहिले २ जनालाई मेडिकल डाक्टर, २ जनालाई आयुर्वेद र २ जनालाई पशु सम्बन्धि डाक्टर गरी ६ जनालाई प्रदेश सरकारले विभिन्न विधाको डाक्टर पढाउने निर्णय गरेको बताउनुभयो।

    यसैगरी १० जना गरिब विपन्न परिवारका छोरीहरूलाई नर्सिङ अध्ययन गराउने निर्णय आफुले पहिलो निर्णयमार्फत गरेको बताउनुभयो  ।

    नेपाल किसान महासंघ बागमती प्रदेशको प्रथम अधिवेशनलाई बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा उद्घाटन गर्दै उहाँ ले आफू पद ओगट्न र फोटो टाँस्न मात्र मुख्यमन्त्री नभएको भन्दै काम गरेर देखाउने बताउनुभयो।

    `म पदका लागि र फोटो टाँस्न मुख्यमन्त्री बनेको होइन, बानियाँले भन्नुभयो ,पारदर्शी, उत्तरददायी र जनताप्रतिको जिम्मेवार भएर काम गरेर देखाउने लक्ष्यसहित मुख्यमन्त्री भएको हुँ।"

    बानियाँले मुख्यमन्त्रीको हैसियतले राज्यबाट पाउने कुनैपनि सुविधा नलिनेसमेत घोषणा गर्नुभयो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार