काठमाडौँ, २१ साउन । नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव भएको बताउनुभएको छ ।
उहाँले स्वास्थ्यमा जनशक्ति अभाब भएकै कारण नागरिकले आधारभूत उपचार सेवा पाउन नसकेको बताउनुभयो ।
उहाँले स्वास्थ्यमा जनशक्ति थप गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै बस्नेतले स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालमा चिकित्सक अभाव हुँदा नागरिकले उपचार सेवा नपाएको बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्यका लागि जनशक्ति थप गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
दरबन्दी भएका अस्पतालहरुमा समेत जनशक्ति आपूर्तिन हुन नसकेको उहाँको भनाई छ ।
उहाँले धेरै स्थानीय तहका आधारभूत अस्पतालहरुका ओएनएम नहुँदा दरबन्दी समेत सिर्जना हुन नसकेको बताउनुभयो ।
सांसद बस्नेतले तीन तहको सरकारबीच आवश्यक समन्वय गरी स्वास्थ्यकर्मी पदपूर्ति गरी नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न माग गर्नुभयो ।
सांसद बस्नेतले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको लागि प्रोत्साहन प्याकेजको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।