रुपन्देही,१८ साउन । बुटवल रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा कार्यरत कर्मचारीले उपचारमा आउनुभएकी किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
सेवाग्राही एक बालिकामाथि यौन दुर्व्यवार गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको छ ।
१७ वर्षीय ती बालिकालाई एक्सरे गर्ने बेला अस्पतालमा कार्यरत कर्मचारी बुटवल उपमहानगरपालिका ८ निवासी ३१ वर्षीय सुवास गौतमले यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।
गौतमलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेर बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाउने तयारी गरिरहेको छ ।
प्रहरी निरीक्षक धर्मराज खत्रीले ‘बालिकाले एक्सरे गरी सकेपछि कपडा लगाउने बेला संवेदनशिल अंगमा छुनेजस्ता दुर्व्यवहार गरेपछि पक्राउ गरिएको बताउनुभयो ।
उहाँले घटना शुक्रबारको भन्दै हिजो शनिबार भएकाले आज आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाइको बताउनुभयो ।