• सोमबार, १५ भदौ २०८३
  • images

    किन लिएनन् मेडिकल अधिकृतले स्वास्थ्य बिमाको नियुक्ति 

    किन लिएनन् मेडिकल अधिकृतले स्वास्थ्य बिमाको नियुक्ति 

    बिहीबार , असार २६ २०८२
    बिहीबार , असार २६ २०८२
    किन लिएनन् मेडिकल अधिकृतले स्वास्थ्य बिमाको नियुक्ति 

    काठमाडौं,२६ असार ।  स्वास्थ्य बीमा बोर्डमा करार सेवामा नाम निकालेका मेडिकल अधिकृतले नियुक्ति पत्र बुझ्न अस्वीकार गरेका छन् । 

    कुल १८० जना मध्ये १५० जना डाक्टरले नियुक्ति पत्र लिन अस्वीकार गरेका हुन् । 

    मेडिकल अधिकृतले स्वास्थ्य बिमा बोर्डको कार्य विवरणमा असहमति जनाउँदै पत्र बुझ्न अस्वीकार गरेका हुन् । 

    कार्य विवरणमा रहेको प्रावधानलाई संशोधन गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत पत्र लेखिएको छ। जहाँ उनीहरु त्यहाँ कार्य विवरण अव्यवहारिक, अवैधानिक र श्रमको उचित मूल्यांकन नभएको पाइएको उल्लेख गरेका छन्। 


    प्रत्येक कार्यदिनमा ४०० वटा दाबीको मूल्यांकन वा रु २५ देखि ३० लाख रकमको मूल्याङ्कन पूरा गर्नुपर्ने  करारमा उल्लेख भएपछि उनीहरु नियुक्ति बुझ्न हच्किएका हुन् । 

    दिनमा ७ घन्टा काम गर्ने भनिएको छ। ७ घन्टामा ४२० मिनेट हुन्छ र लक्ष्य ४०० को दिइएको छ। जुन अव्यवहारिक रहेको बताउँदै उनीहरुले करारमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्। 


    बिमा बोर्डमा लामो समयदेखि दाबीको चाङ लागेको छ। त्यसलाई फर–फारक गर्न १८० जना मेडिकल अफिसरका लागि आवेदन मागिएको थियो। जसअनुसार १८० जनाको नाम निस्केको थियो।

    WhatsApp-Image-2025-07-10-at-13.58.33_60bbabdf-1752140098.jpg

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार